Sujang

केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पसमा स्ववियुद्वार बिद्यार्थिलाई स्वागत

Ban
गणेश मौनी ,माघ २६ डोटी :केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पस बिपीनगरमा  अध्ययनरत बिद्यार्थिहरुलाई स्वतन्त्र विद्यार्थी युनियनले  स्वागत गरेको छ ।
स्ववियुले शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रथम वर्षमा अध्ययनरत र दोस्रो वर्षमा प्रवेश गरी नयाँ अध्ययनरत विद्यार्थी हरूलाई स्वागत गरेको स्वतन्त्र विद्यार्थी युनियन केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पसकी उप सभापति यमुना कलेलले बताइन ।
विद्यार्थी हरूमा एक अर्काका बिचमा आत्मीयताको भावना भई, एकले अर्कालाई कदर गर्न सिक्नुका साथै नयाँ ज्ञान आर्जनमा सहजता होस भन्ने हेतुले बिद्यार्थिहरुलाई स्वागत गरिएको कार्यक्रमकी सभापति एवं स्ववियु उप सभापति कलेलले बताइन ।
क्याम्पसको समग्र पक्षको विकासमा सबैको सहयोग आवश्यक रहेको स्वागत कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पस सञ्चालन समितिका अध्यक्ष डबल बहादुर बोहराले बताए । बिपी नगरमा रहेको क्याम्पस डोटी र कैलालीको साझा क्याम्पसको रूपमा विकास गरिने समेत बताए ।
क्याम्पस प्राङ्गणमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख दीपक राज भण्डारीले बिद्यार्थिहरुको गहना भनेको नै अनुशासन हो त्यसैले सबै बिद्यार्थिहरु अनुशासित हुनु हुनुका साथै क्याम्पस प्रशासनको नीति नियमलाई पूर्ण पालना गर्न बिद्यार्थिहरु तयार रहनुपर्ने समेत बताए ।
हाल क्याम्पसमा डोटीको बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र कैलालीको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाबाट करिब तिन सयको हाराहारीमा बिद्यार्थिहरु अध्ययनरत रहेको समेत क्याम्पस प्रमुख भण्डारीले बताए ।
स्वागत कार्यक्रममा क्याम्पस सञ्चालन समितिका पदाधिकारी, स्थानीय, क्याम्पसका प्राध्यापक र बिद्यार्थिहरुको सहभागिता रहेको थियो । क्याम्पसले नयाँ विद्यार्थी र प्राध्यापक आउँदा स्वागत र जाँदा बिदाइ कार्यक्रम विगतका वर्ष देखि गर्दै आइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.