Sujang

नेपाल ट्रेड युनियन काँग्रेस दिसिनपाको अध्यक्षमा जोशी चयन

माघ २६, डोटी : नेपाल ट्रेड युनियन काँग्रेस दिपायल सिलगढी नगरपालिकाको अध्यक्षमा भुवनेश्वरी जोशी सर्वसम्मत चयन हुनु भएको छ।

शुक्रवार दिपायलमा नेपाल ट्रेड युनियन काँग्रेसको  दिपायल सिलगढी नगरपालिकाको अध्यक्षमा जोशी चयन भएकी हुन् ।

जसको उपाध्यक्षमा विक्रम बहादुर खड्का, खगेश्वरी साउँद , सचिवमा तेज बहादुर चुनारालाई चयन गरिएको छ । त्यस्तै सह सचिवमा खगेन्द्र बहादुर कडायत , कोशाध्यक्षमा सरस्वती सिंहलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यमा रबी भण्डारी ,मनु मेधासी विष्ट ,देवी नेपाली ,रोशनी नेगी रावल ,नवराज विश्वकर्मा,कृष्ण बहादुर कठायत, विजल ठाकुर,नीरज बोहरा र पवित्रा कुँवर साउँद रहेका छन् ।

ट्रेड युनियनका अध्यक्ष शंकर बहादुर कठायतको अध्यक्षतामा बसेको बैठकले नगर स्तरीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।

नेपाल ट्रेड युनियन काँग्रेस डोटीले सबै पालिकामा कमिटी बिस्तारको अभियानलाई अगाडी बढाएको अध्यक्ष कठायतले बताए ।

नेपाल ट्रेड युनियन काँग्रेस डोटीका सल्लाहकार समितिका संयोजक  गगन सिंह कार्की  सल्लाहकार सदस्य तेज बहादुर खड्का ,रघु कठायत र महिला तथा बालबालिका सुदूर पश्चिम प्रदेश सदस्य  गङ्गा माझीलाई समितिले सम्मान समेत गरेको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.