Sujang

समाजवादी मोर्चा नेपाल डोटीको संयोजकमा गड्सिला 

Ban
किरण धामी ,माघ २५, डोटी:जिल्ला संयोजन समिति घोषणा गर्दै समाजवादी मोर्चा नेपाल डोटीको सन्देश सभा सम्पन्न भएको छ । बिहिवार सिलगढी स्थित दिपायल सिलगढी नगरपालिकाको सभा हलमा माओवादी केन्द्रका जिल्ला संयोजक कमल बहादुर गड्सिलाको संयोजकत्वमा ९ सदस्यीय संयोजन समिति गठन गरिएको छ ।
Posan
Krishi

प्रदेश जिल्ला हुँदै स्थानीय तहसम्म सङ्गठन विस्तार गर्ने मोर्चाको नीति अनुरूप गड्सिलाको संयोजकत्वमा जिल्ला जिल्ला संयोजन समिति बनाइएको हो । समितिको सदस्यहरूमा माओवादी केन्द्रका डबल सिंह र गीता नेपाली, एकीकृत समाजवादीका शिवराज खड्का र गोरख सार्की, नेकपाबाट मोहन सी र दीपेन्द्र सी तथा जनता समाजवादीबाट श्रीचन्द्र श्रेष्ठ र रेनुका श्रेष्ठ रहेका छन् ।

साथै समाजवादी मोर्चा घटक चार पार्टीहरूलाई विभिन्न स्थानीय तहको जिम्मेवारी दिइएको छ । बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकाको जिम्मेवारी माओवादी केन्द्रलाई, के.आई.सिंह गाउँपालिका, आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको एकीकृत समाजवादी पार्टीलाई, शिखर नगरपालिका र बडिकेदार गाउँपालिकाको नेकपा (विप्लव)लाई र पुर्विचौकी गाउँपालिकाको जिम्मेवारी जनता समाजवादी पार्टीले पाएको  छ । हाल देशलाई समाजवाद आवश्यक रहेको समाजवादी मोर्चाको सन्देश रहेको छ ।

सन्देश सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व सुदूरपश्चिम प्रदेश पर्यटन मन्त्री माया भट्ट, नेकपाका केन्द्रीय सदस्य विकल्प सी, माओवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद शिव सिंह ओली लगायतका केन्द्रीय, प्रदेश र जिल्ला स्तरीय नेताहरू तथा समाजवादी मोर्चा निकट पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.