Sujang

बाल अधिकार समितिका पदाधिकारीलाई तिन दिने तालिम सम्पन्न

Ban

गणेश मौनी,माघ २५:दिपायल सिलगढी नगरपालिका अन्तरगत रहेको बाल अधिकार समितिका पदाधिकारी हरूलाई समुदायमा आधारित बाल संरक्षण संयन्त्र सम्बन्धी तिन दिने तालिम सिलगढीमा सम्पन्न भएको छ ।
समान पहुँच विकास केन्द्र नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सं चलित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत पदाधिकारीको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताए ।
तिन दिन सम्म सञ्चालन भएको तालिममा बाल अधिकार, बाल विवाह, बालश्रम, जोखिम नक्साङ्कन, बालबालिका सम्बन्धीका नीति तथा कानुन, बाल कल्याण अधिकारी, पदाधिकारी हरूको काम कर्तव्य र अधिकार, बालमैत्री स्थानीय शासन लगाएका विषय बस्तुमा छलफल गरिनुका साथै समितिका पदाधिकारी हरूले बाल संरक्षण सम्बन्धी अर्घ वार्षिक कार्य योजना तयार पारी कार्यान्वयन गर्न छलफल भएको बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक जोशीले बताए । तालिम सोमबार देखि सुरु भएको तालिम बुधवार सम्पन्न भएको थियो ।
दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कलावती साउँदको अध्यक्षता तथा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का प्रमुख अतिथि रहेका कार्यक्रममा जनप्रतिनिधि, बाल क्लबका पदाधिकारी, नगरपालिका अन्तरगत विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि हरूको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.