Sujang

नयाँ आउने पार्टीको कुनै भविष्य छैन : सहमहामन्त्री आङ्देम्बे

Ban

माघ २१ गते ,डोटी :नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नयाँ खुलेका पार्टीको कुनै भविष्य नभएको  बताएका छन् ।

Posan

समुदायमा काँग्रेस अभियान अन्तर्गत आइतबार नेपाली काँग्रेस डोटीको आयोजनामा के आई सिंह गाउँपालिकाको वायलमा गरेको कार्यक्रममा बोल्दै आङ्देम्बेले यस्तो बताएका हुन् ।

Krishi

‘पछिल्लो समय खुलेका पार्टीको कुनै भविष्य नै छैन ,’ सहमहामन्त्री आङ्देम्बेले भने, ‘अहिले खुलेका पार्टीका नेता सामाजिक सञ्जालका नेता हुन् । न कुनै नीति छ । न कुनै जग बलियो छ । समाज परिवर्तन गर्छु । सुशासनको प्रत्याभूति दिन्छु भनेर अगुवाइ गर्ने व्यक्ति नै विभिन्न मुद्दामा मुछिएका छन्  ।’

विकास भएको कराैडाेको पुलमा एउटा गमला रोपेर  कस्मेटिक प्रचार गर्नेहरू धेरै दिन टिक्न नसक्ने उनले बताए ।
उनले थपे ,’ आदेशमा चल्ने पार्टी जस्तो काँग्रेस पार्टी होइन । विधि विधान ,नीति नियममा चलेको पार्टी काङ्ग्रेस हो । काँग्रेसलाई जीवन्त रूपमा अगाडी बढाउन समुदाय देखि केन्द्र सम्मका नेता कार्यकर्ताको महत्त्वपूर्ण भूमिका हुन्छ । कांग्रेसलाई बलियो बनाउन सबै एक जुट हौं ।’

काँग्रेसको सबैभन्दा ठुलो ऐतिहासिक पार्टी भएकाले आफ्नै नेतृत्वमा मुलुकको व्यवस्थापन गर्नका लागि ल्याएको संविधानमा उठेका गुनासा पनि सम्बोधन गर्ने दायित्व काँग्रेसकै काँधमा रहेको आङ्देम्बेले बताए ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.