Sujang

डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते

माघ २०,डोटी :डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कुचेडा बस्ने शेर बहादुर बोहराको श्रीमती वर्ष २४ कि देउसरा बोहरा घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जनाएका छन् ।

घर नजिकै रहेको जङ्गलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरी बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते महिलालाई मौवा स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.