माघ ६ धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले दुई जनालाई आमन्त्रित सदस्य मनोनित गरेको छ। त्यस्तै ११ प्रदेश कार्यसमिति सदस्यलाई विभागीय प्रमुखको जिम्मेवारी दिनुका साथै १७४ जना विभागिय सदस्य मनोनित गरेको हो।
नेपाली कांग्रेसको विधान २०१७ संशोधित २०७८ बमोजिम नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरद्वारा पुर्नबास नगरपालिका-७ कञ्चनपुरका कृष्ण बहादुर तामाङ र धनगढी उपमहानगरपालिका-३ कैलालीका काली प्रसाद पडाललाई आमन्त्रित सदस्य मनोनीत गरेका छन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य मध्येबाट ११ जनालाई विभिन्न विभागमा बिभागियको प्रमुखको जिम्मेवारी दिएका छन्। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका प्रवक्तासमेत रहनु भएका सुदूरपश्चिम प्रदेश सदस्य सुरतबहादुर रावत (डोटेली कान्छा)का अनुसार नेपाली कांग्रेसको विधानको धारा १३ उपधारा (१) बमोजिम तपसिल बमोजिम प्रदेश सभापति बलायरले विभागीय सदस्य मनोनित गरेका हुन्।