Sujang

चिनको ताक्लाकोटमा डोटीका एक युवकको मृत्यु

गणेश मौनी,माघ ४ ,डोटी:चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका डोटीका एक जना युवकको ज्यान गएको छ ।
डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५२ वर्षीय वीरबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए ।
२० वर्ष अगाडी देखि होटल व्यवसाय गर्दै आएका थापाको हृदयाघातका कारण ज्यान गएको जनाइएको छ । चिनको entry exit inspection and quarantine of the peoples republic of china अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
मृतक थापाको सब ताक्लाकोट बाट हुम्ला नाम्खा गाउँपालिका ५ मा रहेको इलाका प्रहरी कार्यालय हिल्सा हुँदै हुम्ला विमानस्थल सिमिकोट सिम्रिक एयर प्र.ली.को ९ए ए एल पी हेलिकप्टर बाट ल्याइएको थियो । मृतकका भाइ सोनाम थापाको उपस्थितिमा सबलाई हुम्ला विमानस्थलबाट सिता एयरको जहाज मार्फत बिहीबार नेपालगन्ज हुँदै डोटी ल्याउने प्रहरीले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.