घाइते हुनेमा डबल बहादुर भुलकि श्रीमती ३५ बर्षकी जगुली देवी भुल र ७२ बर्षका भगी भुल रहेका छन् । मंगलबार बिहान ९:०० बजे गाउपालिकाको वडा नं. १ बसिनामा घर नजिकैको खेतमा घाँस काट्ने क्रममा उनीहरुलाई जंगली बदेलले आक्रमण गरेको हो ।
बदेलले आक्रमण गर्दा जगुली देवी भुलको टाउको, दुबै खुट्टामा चोट लागेको र भगी भुलको टाउकोमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल डोटी ल्याएको छ ।