Sujang

दिपायल सिलगढी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पुस २६ , सिलगढी : दिपायल सिलगढी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिवार सिलगढीको टुँडिखेलमा दिपायल सिलगढी नगरपालिकाको आयोजना तथा पद्म पब्लिक मुक्तिनारायण माद्यामीक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले उद्घाटन गरेका हुन् । उद्घाटन पछि बोल्दै प्रमुख सिंहले खेल क्षेत्रले समाज, पालिकालाई मात्रै नभएर राष्ट्रलाई विश्वसामु चिनाउन मद्दत गर्ने बताए । खेलका लागि खेलाडी अनुशासन अपरिहार्य भएकाले अनुशासित भएर खेल प्रदर्शन गर्न विद्यार्थीलाई उनले अनुरोध गरे ।

उद्घाटन समारोहको समापन गर्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सीँ खड्काले सिलगढीमा खेलमैदानको आवश्यकता महसुस गरेको बताए । नगरपालिकाको दिपायल क्षेत्रमा खेलमैदान निर्माणाधीन रहे पनि सिलगढीमा टुँडिखेल भन्दा अर्को मैदान नभएकाले राम्रो खेलमैदानको नगरपालिकाले काम थाल्ने बताए ।

एथलेटिक्स, भलिबल, कबड्डी, हाई जम्प, लङ जम्प लगायतका खेल हुने प्रतियोगितामा नगरभित्रका १५ ओटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता शनिवार सम्पन्न हुने छ ।

 

 

Salmuni
Leave A Reply

Your email address will not be published.