Sujang

बाजुरामा उनान्नब्बे जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण

Ban

पुस ६ ,डोटी : बाजुरामा उनान्नब्बे  जना  महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ।

नेपाल परिवार नियोजन संघ डोटीको आयोजना तथा ग्लोबल आइएमि बैंक र युनएपिको आर्थिक सहयोगमा निशुल्क स्वास्थ  परीक्षण गरिएको हो।
दुई दिन सम्म सञ्चालन गरेको शिविरमा गौमुल गाउँपालिका र बुढीगंगा  नगरपालिका महिलाहरूले स्वास्थ्य परीक्षण गरेको नेपाल परिवार नियोजन संघ डोटी शाखाका प्रबन्धक गिरिराज भण्डारीले जानकारी दिए।

गौमुल गाउँपालिकाको दह कोट स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिवरमा ९४ जनाले सामान्य परीक्षण गरेका उनले बताए । त्यस्तै सोही  शिविरमा महिलाहरूको पाढेघरकाे मुखको क्यान्सर परीक्षण   ५४ जनाले , १७ जनाले इम्पलान्ट राखेको र १७ जनाले झिकेको उनले बताए ।

त्यस्तै बुढीगंगा  नगरपालिका सेलपाखा सामुदायिक स्वास्थ्य केन्द्रमा परीक्षण  गर्दा महिलाहरूको पाढेघरकाे मुखको क्यान्सर परीक्षण ३५ जनाले , ११ जनाले  इम्पलान्ट राखेको र ५ जनाले झिकेको भण्डारीले बताए ।
शिविरमा डा .चेत बहादुर धामी ,सीनियर अनमी कृष्णा साउँद, पवित्रा धामी ,जनस्वास्थ्य निरीक्षक गङ्गा कुँवरको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.