Sujang

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

पुस १ गते ,बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्मर २ का ३८ बर्षिया देवराज जोशी,३३ बर्षिया किर्ती रोकाया रहेकी छन् । त्यस्तै सोही ठाँउ वडा नम्मर १ का ३५ बर्षिय चन्द्र दानी र गौमुल गाँउपालिका वडा नम्मर ६ का ३० बर्षिया ट्याक्टर चालक हिक्मत रोकाया रहेका छन् ।

सु.प्र.प्र०१००२ त४१०५ र लु.त७३०५ नम्मरको ट्याक्टर करिब साढे पाँच बजे तिर बडिमालिका नगरपालिका २ मा पर्ने खडिगाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.