Sujang

मुख्यमन्त्री शाहका बुवाले स्थापना गरे सात लाख रुपैयाको अक्षयकोष

मंसिर १२, धनगढी :सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहका पिता पूर्व प्रहरी बरिष्ठ उपरीक्षक मंगल बहादुर शाहले सात लाख रुपैयाको मंगल चन्द्रा शान्ति अक्षय कोषको स्थापना गरेका छन् ।

८४ औं वर्षमा प्रबेश गरेको अवसरमा सोमवार आयोजित पूजाका अवसरमा शाहले सात लाख रुपैयाको मंगल चन्द्रा शान्ति अक्षय कोष स्थापना गरेका हुन् ।

उक्त अक्षयकोषको रकम शाहको जन्मस्थान अछामको रामारोशन गाउपालिका ५ नेटाकोटको यशोदा उच्च माध्यमिक बिद्यालयको स्तरोन्नति र अति जेहन्दार,दुखी र निम्न आय भएका विद्यार्थीहरुको छातबृतिमा प्रयोग गरिने बताईएको छ ।

मुख्यमन्त्रीका पिता शाहले ८४ औं वर्षको पूजामा प्राप्त नगद सहित पूजामा तुलादान गरेको सम्पुर्ण रकम र प्रयोग भएका बहुमुल्य सामानहरु समेत कोष मार्फत दान गर्ने घोषणा गरेका छन् ।

उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री झपट बहादुर साउँद, रामारोशन गाउपालिकाका अध्यक्ष मान बहादुर साउद लगायत विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.