Sujang

बेपत्ता भएको एक हप्ता पछी सब ओभरसियर चौधरीको शव फेला

Ban
Krishi

मंसिर १,धनगढीः कैलालीको कैलारी गाउँपालिकाका सब ओभरसियर विशेष चौधरीको शव फेला परेको छ। उनको शव शुक्रबार टीकापुरको दौलतपुर घाटमा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

टीकापुर पार्क घुम्न गएका चौधरी कर्णाली नदीमा कात्तिक २५ गते बेपत्ता भएका हुन्। साथीहरुसँगै टीकापुर पार्क घुम्न गएका उनी जोडिएको कर्णाली नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ। आफन्त, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरूले एक सातादेखि चौधरीको खोज तलास गर्दै आएपछि उनको शव शुक्रबार फेला परेको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.