

मोहन ठकुल्ला,कात्तिक २६, डोटी :डोटीमा आयोजना गरिएको ‘लक्ष्मीको नजर कसलाई ? चिट्ठा कार्यक्रममा सारांश भट्टले मोटरसाइकल जितेका छन् । डोटी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको चिट्ठा कार्यक्रममा प्रथम हुँदै दिपायल सिलगढी नगरपालिका-५ पुन्नाका ३ वर्षीय सारांश भट्टले १५० सिसी बजाज पल्सर मोटरसाइकल जितेका हुन् । उनको चिट्ठा नम्बर ४७४ रहेको थियो ।
२०८० सालकाे बडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिएको चिट्ठा कार्यक्रममा दोस्रो भएका शिखर नगरपालिका-१० का विक्रम नाथले ‘सामसुङ ग्यालेक्सी एजिराेफाेरएस ‘ मोबाइल जितेका छन् । त्यसै गरी शिखर नगरपालिका मुडेगाउँका ऋषिराज जोशीले तेस्रो हुँदै नगद रु. १० हजार उपहार प्राप्त गरेका छन् । १० जनाले चिट्ठा प्रतियोगितामा सान्त्वना हुँदै दुई हजार पाँच सय प्राप्त गरेका छन् ।
सान्त्वना पुरस्कार पाउनेमा दिपायल सिलगढी नगरपालिका अनुज सीँ ठकुरी, दिपायल सिलगढी-३ कि सुनिता सीँ तिरुवा, वडा नम्बर ४ का बैस्नवी भुर्जी, वडा न ३ का धन बहादुर बादी, सोही ठाउँका पदम देउवा, वडा न ५ का कृष्ण भण्डारी, सोही ठाउँका दिनेश भण्डारी, दिपायल सिलगढी-४ का सागर जोशी, पूर्वीचाैकी गाउँपालिका ४ का इसान खड्का र बाेगटान फुड्सिल ५ धिर्कामाण्डाैका तेज सम्राट बोहरा रहेका छन् ।
आइतबार खोलिएको चिट्ठा प्रतियोगिताका लागि एक हजार ५ सय कुपन मध्य एक हजार ४ सय ७५ कुपन बाँडिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विक्रम साउद जानकारी दिए ।