Sujang

प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा : ज्ञानेन्द्र शाही

डडेल्धुरा,कातिक १६ गते: राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रबक्ता एबं प्रतिनिधि सभासदश्य ज्ञानेन्द्र शाहीले प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री प्रणालीको पक्षमा रहेको बताएका छन् ।
बिहिबार पार्टी कार्यक्रमको शिलशिलामा डडेल्धुरा पुगेका सासंद शाहीले डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको संबिधान २०७२ का केही प्राबधानहरु नफेरिदा सम्म मुलुकको अबस्थामा परिबर्तन आउन नसक्नेमा जोडदिएका हुन् ।
मुलुकको अर्थतन्त्र दिनप्रति दिन धरासायी बनीरहेको यो अबस्थामा प्रदेश सरकार,समानुपातिक निर्बाचन प्रणाली तत्काल खारेज गरिनुपर्ने र जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणालीमा देश अघि बढ्नुपर्ने पक्षमा आफुहरु रहेको उनले बताए ।
महँगो र खर्चिलो चुनाब प्रणालीलाई रोक्नुपर्नेमा जोड दिनुहुदै राप्रपाका केन्द्रीय प्रबक्ता शाहीले गठनबन्धनका नामबाट सत्तामा बसेर बाँडीचुडी खाने र मुलुकको आर्थिक जर्जर हुदा सम्म सरकार सम्बेदनशिल हुन नसकेको आरोप लगाए ।
शिब शिखर सहकारीले झण्डै डडेल्धुराबाट चालिस करोड ठगेर गएको बिषयमा आफु गम्भिर बनेको बताउनुहुदै शाहीले अर्थसमिति र संसदमा यसका बिषयमा सरकारबाट जवाफको माग गर्ने बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.