Sujang

गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Ban

कार्तिक १५,धनगढीः कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Krishi

गएराति ९ बजेको समयमा गोदावरी नगरपालिका–६ खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको हो।

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति ९ः४५ बजेको समयमा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ। शव पोष्टमार्टमकालागि सेती प्रादेशीक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। -दिनेश खबर

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.