दयाराम पण्डित ,वाजुरा :खप्तड छेडेदह गाउँपालिका वडा नं ३ टुनीसैनकीउज्याली खड्काको परिवार घरवास विहिन भएका छन् । कार्तिकको कठ्याग्रीदो चिसो र हावाहुरी वर्षका वावजुत उनको परिवार गत असोज १६ गतेदेखि खुला आकास मुनी त्रिपालको भरका रात काट्न बाध्य छन् । त्यस्तै हर्के खड्कालाई पनि घरकै पिरलो छ । दशैंको मुखमा रमाईलो गरी मनाउन सोचेको थिएं भुकम्पले बस्न खान दिएन प्रया जसो अहिले पनि जमिन हल्लीरहेको भान हुन्छ । ज्यानबाँच्यो त्रिपालमै भएपनिदशैं मनाउनु पर्ला हर्केले भने । यस्तो गुनासो हर्केको मात्र हैन, बाजुराका सयों घरवास विहिनको गुनासो छ कहिले घरमा बस्न पाउँला?
गतअसोज १६गते आएको भुकम्पमा परि बाजुराका सयौं घरपरिवार आवस विहिन भएका छन्। बझाङ्गको चैनपुर आसपास केन्द्र विन्दु बनाएर गएको भुकम्पमा परि बाजुराको खप्तड छेडेदह गाउँपालिकाका जनता बढि प्रभावित भएका छन् । तिन सयभन्दा बढि घर चर्केका छन्। पचास बढि घर बस्न लायक नै छैनन् खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलवहादुर रावतले भन्नुुभयो । दर्जन बढि परिवारकोत्रिपालमै बास भएको छ। घरसंगै भएको अन्नलत्ता कपडा पनिपुरिएका छन् । खानबस्नकै समस्या छ , दशैंको मुखमा देश विदेशबाट आउनेको पनिविचल्ली छ । जनताको विचल्लीभयो । को दाताले सहयोग गरिदेला?अध्यक्ष रावतको भनाई छ। गाउँपालिका र रेडक्रसको सहयोगमा सामान्य उद्धारतथा राहातवितरण गरेका छौं । त्यो प्रयाप्त छैन, खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशुनाथले भन्नुुभयो । घर भत्के पछि महिला र बालवालिका बढि प्रभावित छन् ।महिनावारी हुंदा महिला चिसो र एक्लोपनले थप पिडामा छन् उपाध्यक्ष नाथले भन्नुुभयो ।
नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा बाजुराका सभापति मेखराज जैशीकाअनुसार भुकम्पले गरेको क्षतीको विवरण संकलनकार्य जारी रहेको छ । गत मंगलबार गएको भुकम्पकाकारण बाजुरामा ८४ घरहरु पुर्ण रुपमाभत्किएका छन् । यस्तै जिल्ला भर १४ वटा गोठहरुमा पनि पुर्ण रुपमा क्षती पुयाएको छ। । ८१ घरहरुमा आंशिक रुपमा क्षती गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार भुकम्पका कारण बढी क्षती खप्तड छेडेदह गाउँपालिकामा गरेको छ भने बुढीगंगा नगरपालिका र बडीमालिकामा पनिक्षती गरेको छ । यस्तै गौमुल गाउँपालिमा पनि क्षती गरेको बताइएको छ।
प्रहरीका अनुसार हालसम्म बुढीगंगा नगरपालिकाको वडा न. २,३,४, ५, ६, ७ र ९ का १८ घर खप्तड छेडेदह गाँउपालिकाका ४, ५, ६, ७मा ४५ वटा घर, बुढीनन्दा नगरपालिकाका १, ३, र ४ मा७ वटा त्यसैगरी गौमुल २, ३,४, ५, र ६ का १४ वटा घर गरी जम्मा ८४ वटा घरहरुमा पुर्ण रुपमा क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीकाअनुसार खप्तड छेडेदह गाँउपालिका वडा न. ५ मा भैँसीबाध्ने छाना अर्थात १४ वटा गोठहरुमा पुर्ण रुपमाक्षती गरेको बताइएको छ। भुकम्पका कारण खप्तड छेडेदह गाँउपालिका ५ का एक जना स्थानीयको भैसी मरेको छ । यस्तै जिल्लामादुई जना घाइते पनि भएका थिए । घाइतेहरुको उपचार पछि घर फकाइएको पनि प्रहरीले जनाएको छ । यस्तै जिल्लाभर ८१ घरहरुमा आँशिक क्षती भएको छ भने १३५ घरहरुमा सामान्य क्षती भएको छ । १
७ वटा सरकारी आंशिक कार्यालयहरुमा पनि क्षती गरेको छ। जसमध्यको १५ वटा त्रिवेणी र बडीमालिकाका दुई बिद्यालय भवनकमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।