Sujang

दार्चुलाबाट डेढ किलो चरेससहित बझाङका दुई जना पक्राउ

Ban

कार्तिक १, दार्चुलाः दार्चुलाबाट डेढ किलोग्राम चरेसहित बझाङका दुई जना पक्राउ परेका छन्।

Krishi

एक किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका हुन्। बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही स्थानका २८ वर्षीय रामबहादुर बोहरा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुरसिंहले बताए।

बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तिबाट दुबै जनालाई चरेससहित पक्राउ गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.