Sujang

इजरायलबाट आइपुगे ७ जना महेन्द्रनगर

Ban
Krishi

कार्तिक १,कञ्चनपुरः इजरायलबाट ७ जना कञ्चनपुरको महेन्द्रनगर आइपुगेका छन्। इजरायलबाट उद्धारमार्फत दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएपुगेका हुन्। दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई सवारी साधनको व्यवस्थासहित घर पठाएको हो।

बुधवार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन्। महेन्द्रनगर आइपुगेका सबैलाई बुधवार नै घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.