Sujang

भूकम्पमा परी बझाङमा एक महिलाको मृत्यु

असोज १६ :बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका ११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको जनाइएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.