Sujang

संविधानको प्रभावकारी कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मुख्यमन्त्री शाह

Ban

असोज ३ ,धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले संविधानको प्रभावकारी कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । संविधान दिवस २०८० प्रदेश मुल समारोह समितिद्धारा वुधवार धनगढीमा आयोजित समारोहमा मुख्यमन्त्री शाहले प्रदेश सरकार संविधानको प्रभावकारी  कार्यान्वयनमा  क्रियासिल बताएका हुन् ।

नेपालको संविधान २०७२ जारी भएपछि प्रदेशमा राजनैतिक तथा प्रशासनिक क्षेत्रमा थुप्रै उपलब्धी हासिल भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले संघीयताको सफल कार्यान्वयनका लागि सहमति, सहकार्य, समन्वय गरि अघि बढ्नु आजको आवश्यकता भएको उनले बताए ।

 

Krishi

मौलिक अधिकार र मानवअधिकारको संरक्षण गर्दै प्रदेशको विकास र,समृद्धि हासिल गर्ने लक्ष्य सहित जनताको आशा, अपेक्षालाई साकार पार्न सरकार प्रयत्नसिल रहेको उनले बताए । समारोहमा विभिन्न भेषभुषा, लोकसंस्कृती झल्कने झाकी प्रस्तुत गरिएको थियो ।

मुल समारोह समितिका संयोजक एंव मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा भएको संविधान दिवस समारोहमा प्रदेश प्रमुख देवराज जोशी, सभामुख भिमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, सामाजिक विकास मन्त्री झपट साउद, उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, उपसभामुख कोईलीदेवी चौधरी, प्रदेश सभा सदस्यहरु, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.