Sujang

बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु

Ban

बाजुरा ,भदौ १७ :बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्ध गाउँ स्थित तुले रावलकि १२ वर्षाीया छोरी प्रमिला रावल रहेकी छिन्।

Krishi

शनिबार राती १२ बजे हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर प्रमीलासँगै एक भैँसी, भैँसीको पाडो र एक गोरुसमेत मरेको बडिमालिका नगरपालिकाका पूर्व मेयर पदम बडूवालले बताए।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत बालिका प्रमिला बुवा तुले रावलसँगै माथथला भन्ने लेक स्थित भैँसी खर्कमा बस्दै आएको स्थानीय मन रावलले बताए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार चट्याङले गरेको थप क्षतिको विवरण बारे एकिन गर्न प्रहरीको टोली घटना स्थलमा प्रस्थान गरिसकेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.