Sujang

बाजुराकी उज्जलीले बाटोमै जन्माइन छोरी

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका – १ काँडाकी ३२ वर्षिय उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी उज्जलीलाई स्वास्थ्यकर्मीले घर पठाएका थिए ।

अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताएका थिए । तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि सिर्जना सार्किले बताएकी छन् ।

घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका –१० स्थित पानीभुवाको सडक बच्चा जन्माएको सार्किले वताइन् । बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सिर्जना सार्किले भेटाएकी थिइन् । अनमी सृजना सार्किले वाटोमै सुत्केरी गराउनमा सहयोग गरेकि थिइन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.