Sujang

सरकारले टाउको निहुराउनु पर्ने कुनै काम गरेको छैन :परराष्ट्रमन्त्री साउँद

कञ्चनपुर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री एन पि साउँदले सरकारले टाउको निहुराउनु पर्ने कुनै काम नगरेको बताएका छन् ।
शुक्रवार नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको सातौं जिल्ला अधिवेशनको उद्धघाटन कार्यक्रममा वोल्दै उनले वर्तमान सरकार शुशासन कायम राख्ने सवालमा प्रतिवद्ध रहेको त्यसका लागि गरिने कुनै पनि अनुसन्धान र छानबिनमा हस्तक्षेप नगरेको बताए ।
अन्तर्राष्ट्रिय जगतमा विकसित भइ रहेको पत्रकारितालाइ नेपाली पत्रकारिताले समात्न नसकेको भएपनि पछिल्लो समयमा नेपाली पत्रकारितामा क्षेत्र निकै विकास र क्रान्ति भएको बताए ।
प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाइ सत्य तथ्य, निश्पच्छे र प्रभावकारि समाचार लेखन, पत्रकारिताको न्युनतम मापदण्ड पालना गरेर मात्रै समाचार सम्प्रेसण गरि जिम्मेवार पत्रकार हुन अनुरोध गरे ।
कार्यक्रममा वोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकारको दक्षता र क्षमता विकासका लागि सरकारले विशेष कार्यक्रम लागू गर्नु पर्ने बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.