बैतडी : बैतडीकी सामाजिक अभियन्ता सरस्वती नेपालीले अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” प्राप्त गरेकि छन् । दुई दशक यता मानव अधिकारका क्षेत्रमा कार्यरत नेपाली सहित विश्वका ६ जनाले उक्त अवार्ड प्राप्त गरेका हुन् । बिहिवार अमेरिकामा भएको कार्यक्रममा अवार्ड प्रदान गरिएको अमेरिकी राजदुतावासले जनाएको छ ।
अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिल की कारी गुजारारा, ओस्वाल्डो बिलबाओ लोबाटोन(पेरु), रानी यान(बंगलादेश), सादिया मोस्बाह(ट्युनिसिया), भिक्टोरिना लुका (मोल्डोभा) रहेका छन् ।
राजदुतावासको वेबसाइडमा उल्लेख गरिएको छ,“सरस्वती नेपालीलाई एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा, सरस्वतीले नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्ष भन्दा बढी समय बिताउनुभएको छ । उहाँको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । उहाँले २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजन सहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जित्नु भएको हो । सम्मान र समानताको खोजीमा उहाँको योगदान साहस र समर्पणको उदाहरण हो ।”
बैतडीको दशरथचन्द नगरपालिका–०४ गढीमा जन्मीएकी सरस्वती नेपाली करिव २५ दशक यता मानव अधिकारबादी अभियन्ताका रुपमा कृयाशील हुनुहुन्छ । उनले १५बर्षको उमेरदेखी सामाजिक अभियानहरुमा काम गर्दै आउनुभएको हो । उनले हालसम्म मानअधिकार उल्लघनका दर्जनौ मुद्धाहरुमा वकालत गर्नुभएको छ । दलित, महिला, बालबालिका, पिछडावर्गका मुद्धाहरुमा वकालत गर्दै उनिहरुको न्यायका लागि अभियान चलाउदैँ आउनुभएको छ । उनले जिल्ला स्थीत संघ संस्था सञ्चालन गरि केहि व्यक्तिलाई रोजगारीको अवसरसंग जोड्नुका साथै असहाय र टुहुरा बालबालिकाहरुलाई साहारा दिने निकाय सम्म पु¥याउनुभएको छ ।
नेपालीले यसअघि समेत ५लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड प्राप्त गरिसकेकी छन्।
अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली हुनुहुन्छ ।