Sujang

बक्यौता रकम भुक्तानीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

डोटी : निर्माण व्यवसायी सङ्घ डोटीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सङ्घले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गर्दै मङ्गलवार डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई ज्ञापन पत्र बुझाएको हो ।

सबै निर्माण निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थप आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट रूपले म्याद थप गर्न पुनः आदेश जारी गर्नु पर्ने, अत्यधिक र अप्रत्याशित रूपले भएको मुल्यबृद्धीलाई सम्बोधन हुनेगरि मूल्य समायोजन गरिनु पर्ने, रुग्ण आयोजनाहरू अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै चेक बाउन्स र बैङ्क ग्यारेन्टी जफत गर्ने लगायतका कारबाही रोेकिनुपर्ने, बिमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गर्नुपर्ने, श्रोत कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धि करको बाँकी बक्यौता रकम समयमा नियोक्ताको राजश्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गर्नुपर्ने र कानुनमा संशोधन गरिनुपर्ने सरकारसँग निर्माण व्यवसायी सङ्घको माग छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.