Sujang

डोटीमा शिवशिखरविरुद्ध ८१८ जनाले दिए जाहेरी

Ban

रामहरि ओझा ,डोटी : शिवशिखर सहकारी संस्थाले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा ८१८ जनाले जाहेरी दिएका छन् । असारसम्म जाहेरी दिनेहरुले ६ करोड ४० लाख ६२ हजार ९९० रुपैयाँ ठगिएको दाबी गरेका छन् ।

Posan

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार हालसम्म सो रकम दाबीसहितको उजुरी आएका छन् ।

‘हामीले डोटीमा नौ करोड जति हुनसक्छ भन्ने अनुमान गरेका छौं’, भण्डारीले भने, ‘करिब साढे ६ करोडको दाबी आइसक्यो । बाँकी कति आउँछ भन्न सकिन्न ।’

Krishi

अन्य जिल्लामा शिव शिखर सहकारी संस्थाले ठगेको उजुरी आउन थालेपछि डोटीमा पनि सो संस्थाको शाखा भएकाले उजुरी आह्वान गरिएको प्रहरी नायब उपरीक्षक भण्डारी बताउँछन् । उनले भने, ‘अहिले उजुरी लिने काममात्रै भएको छ । मुद्दा चलाउनेबारेमा कुनै जानकारी आएको छैन । पछि माथिबाट जे आदेश आउँछ, सोहीअनुसार हुन्छ ।’

एक हजारदेखि १२ लाख रुपैयाँसम्म ठगिएको भन्दै उजुरी आएको प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका सहायक प्रहरी निरीक्षक धिरेन्द्र धामी बताउँछन् । ‘अहिलेसम्म आएका उजुरीहरुमा सबैभन्दा बढी १२ लाख ४५ हजार ११९ रुपैयाँ ठगी भएको भन्ने उजुरी आएको छ’, धामीले भने, ‘सबैभन्दा कम एक हजार २४ रुपैयाँ ठगी भएको भनी भन्ने दाबी छ ।’

शिव शिखरबाट ठगी भएको भनी विभिन्न ठाउँबाट उजुरी आइरहेको र यस जिल्लामा समेत शाखा रहेको हुँदा सो संस्थाबाट कोही ठगिएको भए जाहेरी दिन प्रहरीले गत जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा कहिलेसम्म उजुरी दिइसक्नु पर्ने भन्ने खुलाइएको छैन ।

‘त्यस्तो हदम्याद केही तोकिएको छैन’, सूचना अधिकारी भण्डारी भन्छन्, ‘उजुरी आउने क्रम जारी छ ।’

 

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.