

सिलगढी :डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । चट्याङ लागेर बडीकेदार गाउँपालिका ५ दुदिलाका हर्क बहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशिका अनुसार अन्दाजी ६५ वर्षीय बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा दिउँसो साढे २ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर बोहरा सँगै ६ वटा बाख्रा पनि मरेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
