Sujang

कला कौशल सम्बन्धी तालिम सम्पन्न

गणेश मौनी ,डोटी :कला कौशल सम्बन्धी पाँच दिने तालिम डोटीको सिलगढीमा सम्पन्न भएको छ ।
वल्र्डभिजन इन्टरनेट नेपालको सहयोगमा समान पहुँच विकास केन्द्र डोटीले सञ्चालन गरिरहेको बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत दर्ता गरिएका आर सी बालबालिकाहरूलाई कला कौशल सिपको बारेमा ज्ञान दिने उद्देश्यले साथी शिक्षक र कर्मचारीहरूलाई तालिमको आयोजना गरिएको बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताए ।
पाँच दिन सम्म सञ्चालन भएको तालिममा खेर गएका चिज बस्तु फोहोर पदार्थलाई कलाको माध्यम बाट विभिन्न कलात्मक चिजबस्तुहरु निमार्ण गर्न सिकाइएको थियो । तालिममा खेर गएका कागजलाई सदुपयोग गरी विभिन्न थरिका फुलहरू, गिफ्ट कार्य, फ्रेमहरू, चित्रहरू निमार्ण गर्न सिकाइएको तालिमका सहभागीहरूले जनाएका छन् ।
तालिमबाट सिकेका कुराहरूलाई आफ्नो दैनिक जीवनमा कार्यान्वयन गर्नुका साथै समुदायमा रहेका बालबालिकाहरूलाई सिकाउनु पर्ने समान पहुँच विकास केन्द्र डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए ।
 तालिमको अन्तिम दिन तालिमका सहभागीहरूले कार्य क्षेत्रमा गर्ने कार्यक्रमको योजना निमार्ण गरेका समान पहुँच विकास केन्द्र डोटीले जनाएको छ ।
सिलगढीमा सञ्चालन भएको तालिममा डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका साथी शिक्षक र संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण केशव राज खनाल र सुनिता शर्माले गरेका थिए ।
Salmuni
Leave A Reply

Your email address will not be published.