Sujang

बैतडीमा बस दुर्घटना अपडेटः एकको मृत्यु, ३८ जना घाइते

Ban

बैतडीः बैतडीमा भएको बस दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको हो। दुर्घटना परेर ३८ जना घाइते भएको बैतडी प्रहरीले जनाएको छ। पञ्चेश्वर, कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको थियो।

३८ जना घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घाइतेको पहिचान हुन बाँकी छ। घाइतेमध्ये २२ जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ। पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। बस सडकबाट करिब चार सय मिटर तल खसेर रुखमा अड्किएको छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.