Sujang

जनप्रतिनिधि र कर्मचारी बीचको खाडल पुर्न आवश्यक छ: सिंह

Ban

प्रकाश बम, डोटी : जनप्रतिनिधि र कर्मचारी बीचको खाडल पुर्न आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताएका छन् ।

शुक्रबार शिखर नगरपालिकाको हलमा राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबारको आयोजनामा गरिएको सदाचार शिक्षा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

जनप्रतिनिधि र कर्मचारी बिच अहिले पनि समन्वयात्मक तरिकाले अगाडि वढ्न नसकेकाले धेरै जसो ठाउँमा समस्या उत्पन्न हुने गरेको बताए ।

नीति निर्माणकर्तामा स्पष्टता नभएको समेत सिंहले बताए ।
उनले भने, ‘जिल्ला समन्वय समितिको भुमिका तथा स्थानीयतह संचालनका लागि स्पष्ट निति आउन आवश्यक छ। यसका लागि सम्बन्धि निकायको ध्यान जान जरुरी छ।’

कार्यक्रममा बोल्दै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले कार्यसम्पादन सूचकमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। स्थानीय सरकारलाई कार्यसम्पादनको आधारमा अनुदान दिने भएकोले सूचकमा सबैले ख्याल गर्न अनुरोध गरे।

कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले सुशासन संगै संघियताको मर्मलाई बुझ्न आवश्यक रहेको बताए । स्थानीय तहमा कार्यरत कर्मचारीलाई तलब खुवाउन समेत गाह्रो रहेको बताए । संघ र प्रदेशले अहिले पनि स्थानीय सरकारलाई हेर्ने दृष्टिकाेणमा परिवर्तन नआएको गुनासो गर्नु गरे।

कार्यक्रमको अध्यक्षता समेत गरेका राष्ट्रिय सतर्कता केन्द्र सचिव सुरेश आचार्यले सुशासन र सदाचारमा काम गर्दै आइरहेको बताए । भ्रष्टाचार हुन नदिन सतर्कता गर्दै आइरहेको उनले बताए । स्थानीयतहहरुमा भ्रष्टाचार, अनियमितता तथा बेरुजु बढि हुने गरेकोले रोक्न सबैमा अनुरोध गरे ।

कार्यसम्पादन उत्साहित तरिकाले गर्न कर्मचारीलाई निर्देशन दिदै आइसिटि प्रयोग वढाउन र सम्पत्ति विवरण समयमै भर्न सचिव सुबेदीले जोड दिए।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.