Sujang

बार्जुगाड खोलामा बगेर एक जना महिलाको मृत्यु

Ban

राजेन्द्र विक :बाजुरामा खोलामा बगेर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ गवानिका स्थानिय शंकर बोगटिकी २०बर्षिया श्रीमति संगिता साउंद बोगटी रहेकी छन्। खप्तड छेडेदह गाउँपालिका ३ र बुढीगंगा नगरपालिका ४ को बिचमा पर्ने बार्जुगाड खोलामा बगेर संगिताको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाटेले जनाएको छ।आइतबार सदरमुकाम मार्तडी बाट घर जाने क्रममा खोला तर्दै गर्दा काखमा रहेकी ९ महिने छोरी खोलामा खस्न थालेपछी छोरी बचाउन खोज्दा आफै बगेर मृत्यु भएको प्रहरीले जनाएको छ। ९ महिने छोरी भने जिवितै फेला परेकी छन्।

Posan
Krishi

खोला तर्ने क्रममा काख बाट खस्न लागेपछी छोरिलाइ हुत्त्याएर किनारामा फालेपछी शिशु बांचेकी हुन सक्ने प्रहरि कार्यालय बाजुराले जनाएको छ। खप्तड छेडेदह गाउँपालिका ३ टुनिसैन नजिकैको बार्जुगाड खोलामा आमा छोरी नदि पार गर्ने क्रममा उनको मृत्यु भएको स्थानिय रोशन धामिले बताउनु भयो।

घटना भएको खबर पाउने बित्तिकै गएको प्रहरीको टोलीले उक्त नदिमा खोजतलास गर्ने क्रममा बगेको स्थानबाट करिब २० मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ ।बिस्तृत बिवरणका लागि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले बताउनु भएको छ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.