

एकेन्द्र चन्द, जेठ १० गते,डोटी बडीकेदार गाउँपालिकाको एक मात्र प्राबिधिक तथा सुदुरपश्चिम प्रदेशको नमुना बिधालयको रुपमा छनोट हुन सफल रहेको बर्छैन माध्यामिक बिधालय बर्छैन डोटीले शैक्षिक गुणस्तर सुधार गर्न बिधालयमा विभिन्न क्षमता विकाससम्बन्धी तालिम संचालन गरिरहेको छ ।
विद्यालयले आधारभूत तह कक्षा १ देखि ५ सम्म अध्यापन गर्ने शिक्षकहरूलाई मण्टेश्वरी तालिम , कक्षा २ देखि १२कक्षा सम्मका विद्यार्थीहरूका लागि हस्तलेखन तालिम, शिक्षकहरूको नेतृत्व क्षमता विकास समेत तालिम सचालन भैरहेको र तालिमले बिद्यार्थीको सिकाइ लाई ब्यवहारिक बनाउने र जिबन्त सिकाइ सघ जोड्ने अपेक्षा रहेको बर्छैन माध्यामिक बिधालयका प्रअ इन्द्र बहादुर बमले बताउनु भयो ।

बिधालयले अभिभावकहरूलाई असल अभिभावकत्व सम्बन्धी प्रशिक्षण, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शैक्षिक नेतृत्वसँग सम्बन्धित व्यक्तिहरूलाई नेतृत्व विकास तालिम सञ्चालन गरिने तयारी गरिएको छ।
विद्यार्थीहरूको अतिरिक्त प्रतिभा प्रस्फुटनका लागि नृत्य, संगीत तथा अन्य सिर्जनात्मक गतिविधि सम्बन्धी तालिम र
शिक्षकहरूलाई सूचना तथा सञ्चार प्रबिधि सम्बन्धि तालिम पनि संचालन गरिरहेको बिधालयले जनाएको छ ।
मण्टेशवरी कलासमा चाहिँ विभिन्न क्रियाकलापहरु गर्दै शिक्षकहरुले गित, डान्स ,कथा लगायतको माध्यम बाट शिक्षण गराउने हुदा बिद्यार्थीहरुको चौतर्फी बिकास हुने प्रशिक्षक निलम गुरुङले बताउनु भयो ।
विद्यालयले आगामी दिनमा पनि व्यवहारिक, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षामा जोड दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ

