

एकेन्द्र चन्द ,जेठ ९ गते, डोटी: सुदुरपश्चिमेली नेपाली समाज इजरायलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डोटी जिल्लाका दुई विद्यालयमा सहयोग गरेको छ।
समाजले बडीकेदार गाउँपालिका–४ मा रहेको विष्णु माध्यमिक विद्यालय बरालगाउँ मा विद्यार्थी तथा विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै पानीको धारा निर्माण गरेको जनाएको छ।

त्यसैगरी, बडीकेदार गाउँपालिका वडा नम्बर- ४ मै रहेको केदारेश्वर आधारभूत विद्यालयमा आधुनिक शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले कम्प्युटर सहयोग प्रदान गरिएको समाजले जनाएको छ। आफ्नै गाउँ ठाउँका विद्यालयहरूमा सहयोग गर्न पाउँदा खुशी भएको र फेरि पनि अरु बिधालयहरुलाइ पनि सहयोग गर्न प्रतिबद्ध रहेको डोटी जिल्ला संयोजक योगेन्द्र खत्रीले बताए ।
समाजका अध्यक्ष कृष्ण बहादुर चौधरीले सुदुरपश्चिमका अन्य जिल्लाहरूमा समेत शिक्षा क्षेत्रमा यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

