डोटी : डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ चालु आर्थिक बर्षमा सुदूरश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा घोषणा भएको छ।
डोटीका सबै पालिका घोषणा गरेपश्चात सोमबार जिल्लालाई घोषणा गरिएको हो। डोटी जिल्लालाई २०७५ जेठ १९ गते पहिलो पटक पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो। सोही वर्षदेखि प्रत्येक वर्ष निरन्तर घोषणा गरिँदै आएको छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डाक्टर जगदिश जोशीले नेपालमा सञ्चालन भइरहेका जनस्वास्थ्यका विभिन्न कार्यक्रममध्ये खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको बताए।