डोटी :जनताको नाममा आएको बजेट खाए मेरो लागी विष सरह हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सीँ खड्काले बताएका छन् ।
शनिवार सिलगढीमा गैरा गाउँ ,काडामाण्डाै ,सिलगढी खानेपानी सञ्चालनका लागि अनुदान रकम घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले यस्तो बताएका हुन् ।
नगरका जनताले आफूलाई केही कार्य गर्न भनेर निर्वाचित गराएको हो। आफू त्यो कुरामा चिन्तित रहेको उनले बताए ।जनताका लागि आएको बजेटमा कसैले तलमाथि गर्न खोजे स्वयंले जिम्मेवार लिनुपर्ने उनले बताए ।
उनले भने ,´मैले जनताको नाममा आएको रकम भ्रष्टाचार गरे विष खाए सरह हुने छ । हाम्रो टिमले सम्झन लाइकका काम निष्ठाका साथ काम गर्ने छौँ । म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।`
समयमा सबैले सचेत भएन भने समस्या सृजना हुनेछ। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो हामीले समयमा छुटाउन सकेन भने यसले ठुलो दुर्गामी असर पर्ने खड्काले बताए ।
गैरा गाउँ ,काडामाण्डाै ,सिलगढी खानेपानी सञ्चालनका लागि आउने बजेटको बिस प्रतिशत अनुदान रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नगरले कपास खेती र कागज उद्योग संचालको लागि योजना अगाडी बढाएको समेत उनले बताए ।