Sujang

डोटी साक्षर जिल्ला घोषणा

Ban

खगेन्द्रबहादुर सिंह, सिलगढी:डोटी जिल्ला साक्षर जिल्ला घोषणा भएको छ । ‘साक्षरता सिकाई क्षेत्रमा रूपान्तरण’ भन्ने मुल मन्त्रका साथ बिहीबार जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको हो ।

१५ बर्षदेखी ६० वर्ष उमेर समूहका ९६ दशमलव ५५ प्रतिशत नागरिक साक्षर भएसँगै एक समारोहको आयोजना गरी जिल्लालाई साक्षर घोषणा गरिएको हो । यो भित्र एक लाख ३९ हजार एक सय ६१ नागरिक पर्दछन् । जिल्लाभरी सो उमेर समुहका चार हजार नौ सय ७० जना अझै निरक्षर रहेको बताइएको छ । डोटी जिल्ला देशको ६३ औँ जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ ।

साक्षर जिल्ला घोषणा हुनको लागि विभिन्न १२ सूचक पुरा हुनुपर्ने र ती सुचक पुरा भएसँगै जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख रामदत्त भट्टले बताए । डोटीले २०७६ साल भित्र जिल्लालाई साक्षर घोषणा गर्ने लक्ष्य राखिएको भए पनि कोभिड-१९ को महामारी तथा अन्य विभिन्न कारणले ढिलो गरी साक्षर घोषणा गरिएको प्रमुख भट्टले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाले साक्षर जिल्ला घोषणा गर्नु आफैमा ऐतिहासिक काम भएपनि यसको निरन्तरता रहनु महत्वपूणर् कुरा रहेको बताए । पछिल्लो पिंडीलाई औपचारिक शिक्षा पद्धतीमा लैजान जरुरी रहेको निरौलाले बताए ।

सन् २०३० भित्रै शिक्षामा लैङ्गिक समानता ल्याउनुपर्ने भएकाले सो तर्फपनि सबैले लाग्नु पर्ने प्रमुख अतिथि निरौलाले बताए । समाजमा शिक्षाको कमिले गर्दा विभिन्न अपराधिक घटना घट्ने भएकाले सबैको प्रयासबाट यसलाई हटाउनु पर्ने समेत उनले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक तथा साक्षरता अभियान जिल्ला समन्वय समिति डोटीका अध्यक्ष लक्ष्मणबहादुर सिंहले बिविध कारणले केहि ढीला भएपनि सबैको सहयोग र सहकार्यबाट साक्षर जिल्ला घोषणा भएको बताए । यसको निरन्तरताको लागि बिशेषगरी शिक्षा क्षेत्रमा काम गरिरहेका सबैको सहयोग आवश्यक रहेको सिंहले बताए ।

जिल्लाका नौवटै पालिका साक्षर घोषणा भएपश्चात जिल्लालाई घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेशको अन्तिम जिल्ला भएकाले अब छिट्टै साक्षर प्रदेश घोषणा हुने शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्टले बताए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.