डोटी :‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस डोटीमा पनि मनाईएको छ ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको हो । सो दिवस मनाउन थालेको ५०औँ वर्ष लागेको छ ।
दिवसका अवसरमा वोल्दै जिल्ला समन्यय समिति डोटीका प्रमुख लक्ष्मण वहादुर सिँहले नेपालमा प्लास्टिकजन्य पदार्थको व्यवस्थापनलगायत समष्टिगत वातावरणीय समस्यासँग जुँध्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झक्झकाउन सहयोग पुग्ने वताए ।
प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । वातारण मानिसका आवश्यक रहेको वताउँदै सचेतनाका कार्यक्रमका साथै वोटविरुवा रोपण तथा संरक्षणमा सवैले विशेष ध्यान दिनुपर्ने बताए ।
डिभिजन वन कार्यालय डोटीका प्रमुख रामचन्द्र पौडेलले प्लाष्टिक पोलुसन नियन्त्रमा जोड दिनुपर्ने वताए ।
दिवसका अवसरमा शैलेश्वरी क्षेत्रमा वृक्षा रोपण तथा सरसफाई समेत कार्यक्रम गरीएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।