डोटी:डोटीको जोरायल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ । जेठ सम्म सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसक्नुपर्ने भएकाले पालिकाले चैत्र मसान्तसम्म बालबालिकाहरूलाई पूर्ण खोप लगाएर पालिकालाई एक कार्यक्रमका बिच घोषणा गरिएको हो ।
आइतबार पालिकाको हलमा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गरिएको हो । बालबालिकाहरूको हक,अधिकार भित्र खोप पनि पर्ने भएकोले सबै बालबालिकाहरूले सबै प्रकारका खोप अनिवार्य लगाउनुपर्ने हुन्छ ।
पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वयका प्रमुख लक्ष्मण बहादुर सिंहले पालिकालाई बधाई दिँदै स्वास्थ्य,शिक्षा र कृषि क्षेत्रमा विशेष जोड दिन अनुरोध गरे।
स्वास्थ्यका पहुँचमा नपुगेका जनतालाई ख्याल गरेर सेवा दिन निर्देशन दिए । विरामिहरुसंघ बोलीचालीको भाषामा सुधार गर्नुपर्ने भन्दै तार्केट अनुसार काम गर्न सबैलाई अनुरोध गरे ।
पालिकाले स्वास्थ्यका क्षेत्रमा सधैँ चिन्तन भएर अगाडि बढिरहेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । पालिकाका जनताको स्वास्थ्य अवस्थाका विषयमा बढी जोड गर्दै आइरहेको र आगामी दिनमा अझै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने उनले बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष जमुना बोहरा , वडा नम्बर -४ का वडा अध्यक्ष नन्दराम भट्ट , जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग कुष्ठरोग निरीक्षक सुरज खड्का, नेपाल पत्रकार महासंघका प्रदेश पर्साद प्रकाश बम लगायतले मन्तव्य राखेका थिए ।
पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा १ देखि ६ वटै वडा,स्वास्थ्य संस्थाहरूलाई सम्मान पत्र दिएको थियो।
उक्त पूर्ण खोप घोषणा कार्यक्रममा सरोकारवाला सम्पूर्णको उपस्थिति रहेको थियो ।