Sujang

पत्रकार महासंघ डोटीले २४ जना पत्रकारलाई बिदाई गर्ने

डोटी :नेपाल पत्रकार महासँघ डोटी शाखाले महासँघमा आबद्ध २४ जना सदस्यहरुको सदस्यता नबिकरण नगर्ने भएको छ ।

महासंघको केन्द्रीय समितिले तयार गरेको सदस्यता शुद्धिकरण मापदण्ड अनुसार बिहिबार महासँघको कार्यालयमा आयोजना गरिएको बैठकबाट २४ जना महासँघका सदस्यहरुलाई बिदाई गर्ने निर्णय गरिएको महासँघका अध्यक्ष मोहन शाहीले जानकारी दिए ।

पत्रकारिता पेशा छोडेका, निष्कृय रहेका, बिभिन्न पेशा र व्यवसायमा रहेका साथीहरुलाई विना पूर्बाग्रह बिभिन्न सँघ, सँगठनका साथीहरुको समेत सहमतिमा महासँघबाट बिदाई गर्ने निर्णय गरिएको हो । महासँघको निर्णयले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाहीले बताए ।

अध्यक्ष शाहीका अनुसार महासँघ शुद्धिकरण अभियान अन्तरगत पत्रकारिता क्षेत्रमा कृयाशिलताको आधारमा स्वागत र बिदाई निरन्तर सन्चालन गरिने छ ।

नेपाल पत्रकार महासँघले देशब्यापी रुपमा सदस्यता शुद्धिकरण अभियान सन्चालन गरिरहेको छ । डोटीमा कुल ८८ जना सदस्य रहेकोमा २४ जनालाई विदाई गर्दै बाँकी सदस्यहरुको सदस्यता नबिकरण र १२ जनालाई नयाँ सदस्यता दिन प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरि पठाउने निर्ण भएको डोटी शाखाले जनाएको छ ।

त्यस्तै वैठकले डोटीका पुराना पत्रकार धनबहादुर मल्ललाई महासँघको मानार्थ सदस्यता दिनका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय समेत गरेको छ । मल्ल बि.सं. २०१७ साल देखि २०५२ सालसम्म राष्ट्रिय समाचार समितिको डोटी सम्बाददाताको रुपमा कार्यरत थिए ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.