Sujang

लडागडा सुपको दोस्रो बालश्रममुक्त वडा घोषणा

डोटी : सुदुर पश्चिम प्रदेशको दोश्रो वडाका रूपमा दिपायल सिलगढी नगरपालिका- ८ लडागडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।
दिसिनपाका नगरप्रमुख बाजी सिं खड्काले बालश्रम मुक्त नगर बनाउने अभियान अन्र्तगत मंगलबार एक औपचारिक कार्यक्रमका बिच वडा नं. ८ लाई घोषणा गरेका हुन् ।

यो वडा बालश्रम मुक्त क्षेत्र घोषणा गर्ने सुदूरपश्चिमको दोस्रो वडा हो । यस अघि दिपायल सिलगढी नगरपालिकाको वडा नं. ५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको थियो । एक देखि १८ वर्ष उमेर समुहका एक हजार ३ सय बालबालिकाहरू रहेको सो वडामा एक सय २३ जना बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

सो वडामा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्रका शिक्षा परियोजना अधिकृत एकराज बडुले बालश्रम न्यूनीकरणका लागि सरोकारवाला सबैले संवेदनशिल भइ कार्यान्वयन गर्नुपर्ने बताए । वडाभित्र बालश्रम न्यूनीकरणका लागि युनिसेफको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले बालसंरक्षण सम्बन्धी कार्यविधि तथा निर्देशिका र ५ वर्षे रणनिति योजना तयार गरी विभिन्न गतिविधि सञ्चालन गरेको थियो ।

बालविवाहको संख्या उच्च रहेको वडा नं. ८ लाई दिपायल सिलगढी नगरपालिकाले डेढ वर्षअघि बालविवाह मुक्त वडा घोषणा गरेको थियो । शिक्षाका क्षेत्रमा बालबालिका विषेश जोड दिन दिसिनपा उप प्रमुख कलावती महर साउदले बताएईन्। अहिले बालविवाहको संख्या शून्य रहेको वडाध्यक्ष दशरथ बलायरले बताए । दिपायल सिलगढी नगरपालिकाले गरेको प्रारम्भिक सर्वेक्षणमा दुई वर्षअघि नगरभित्र ६८ बालश्रमिक फेला परेका थिए । जसमध्ये २७ जनालाई उद्धार गरी छात्रावास सहित विद्यालय पठनपाठनको व्यवस्था गरेको थियो भने बाँकी ४१ जनालाई घर फिर्ता गरेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले जानकारी दिए । उनले जनचेतना जागरणका लागि बालश्रमिक बालबालिकाका अभिभावक तथा धामीझाँक्रीसँग अन्तरक्रिया, वडातहमा छलफल, सडकनाटक तथा अनुगमन गरिएको बताए । ‘घरघरमा बालश्रमिक राखेका घरहरूमा झण्डा गाड्ने देखि होटल पसलहरूमा स्टिकर टाँस्ने काम पनि गरियो,’ सामाजिक विकास अधिकृत जोशीले भने , ‘बालश्रमिक रहेका अति विपन्न १५ जना अभिभावकहरूलाई आयआर्जनका लागि सहयोग समेत गरेर बाल श्रम न्यूनीकरणका लागि पहल गरियो ।’

 

Salmuni
Leave A Reply

Your email address will not be published.