Sujang

बिधिवत रूपमा आएका योजनालाई बजेटमा समावेश गर्छौँ : मुख्यमन्त्री शाह 

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिधिवत रूपमा आएका योजनालाई बजेट समावेश गरिने बताएका छन् ।
नेपाल प्रेस युनियन डोटी शाखाले आइतबार दिपायलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मानिसले भनेको भरमा टिपाएका भरमा खल्तीका योजनालाई  पुरै बन्द गरेर बिधिवत रूपमा आएका योजनालाई बजेटमा समावेश गरिने बताएका हुन् ।
मुख्यमन्त्री शाहले भने,´स्थानीय तहहरूबाट सिफारिस भएर आएका योजनाहरूलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने छ। विगतमा भएका कुरालाई बन्द गरेर हामी नयाँ ढङ्गबाट अगाडी बढेका छौँ ।`
उनले थपे ,´अहिले चलिरहेको परिस्थितिलाई पुरै बन्द गर्न नसके पनि केही हद सम्म भने रोक्ने पहल अवश्य हुन्छ ।`
सुदूर पश्चिमका गौरवका योजना बारेमा प्रदेश सरकार र प्रतिपक्षी दलले भेटेर प्रधानमन्त्री ,अर्थ मन्त्री र योजना आयोगका उपाध्यक्ष लगायतलाई भेटेर सुपका योजनालाई विशेष तरिकाले हेर्न जोड दिएको मुख्यमन्त्री शाहले बताए ।
प्रदेश सरकारले कृषि र पर्यटनलाई विशेष जोड दिएको बताउँदै उत्पादिकरण र बजारीकरणका बारेमा यश क्षेत्रका विशेषज्ञ संघ छलफल गरेर अगाडी बढी रहेको मुख्य मन्त्री शाहले बताए ।
नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.