इन्द्र शाही ,डोटी :नेपाल प्रेस युनियन डोटी शाखाले ३२ औँ स्थापना दिवसका अवसरमा श्रमदान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिवार स्थापना दिवसको अवसरमा श्रमदान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
युनियनको निर्माणाधीन भवनको लागि स्थापना दिवसका अवसरमा उपस्थित विभिन्न सँग संघठनमा आबद्ध पत्रकारहरूले सेती नदीबाट ढुङ्गा बोकेर श्रमदान गरेका हुन् ।
दिपायल सिलगढी नगरपालिका -४ पिपल्लामा निर्माणाधीन भवनमाका लागि सबैले ढुङ्गा बोकेर श्रमदान गरेका छन् ।
पछिल्लो समय श्रमदान प्रति मानिसको बुझाई घटेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत सहयोग पुग्ने भएकोले स्थापना दिवसमा श्रमदान कार्यक्रम गरेको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । श्रमदानले थोरै भए पनि भवन निर्माणमा राहत पुग्ने अध्यक्ष बमले बताए ।
नेपाल प्रेस युनियन डोटी देश भरमा दोस्रो भवन निर्माण गर्ने शाखा रहेको छ।