Sujang

डोटीको नारी दाङमा पाठेघरको मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर 

Ban
डोटी :  डोटीमा महिलाहरूको पाठेघर मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपाल परिवार नियोजन संघ डोटी शाखाको आयोजना तथा दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग र स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम  बुधवार दिसिनपा- ८ को नगर स्वास्थ्य केन्द्र नारिदाङमा सञ्चालन गरिएको हो ।
शिविर सञ्चालन कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघ डोटीकी सभापति प्रेमा श्रेष्ठले महिलाको समस्या महिलाले बुझ्ने भएकाले विभिन्न ठाउँमा शिविर सञ्चालन गर्न सहयोग गरेको नगरलाई धन्यवाद दिइनन् । उनले भनिन् ,´नेपाल परिवार नियोजन संघले महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी निरन्तर रूपमा काम गर्दै आइरहेको छ।  ग्रामीण क्षेत्रका महिलाहरू अहिले पनि स्वास्थ्य समस्यालाई लुकाएर बसेकाले ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गरेका हौँ । शिविरमा धेरै महिला दिदीबहिनीले सेवा लिएर समस्याबाट छुटकारा पाउने छन् ।`
Krishi
आगामी दिन पनि निरन्तर रूपमा स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गरिने सभापति श्रेष्ठले बताइन्।
अहिले पनि नगरका केही ठाउँ भाैगलिक विकटताको समस्यामा परेको हुँदा शिविर मार्फत स्वास्थ्य समस्यामा परेका महिलाहरूलाई  स्वास्थ्य संस्था सम्मको पहुँचमा  पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल परिवार नियोजनका कोषाध्यक्ष रघु कठायतले स्वास्थ्य नै धन भएकाले हामी सबै मिलेर यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सहभागीहरूलाई स्वागत गरेका थिए।
शिविर यही जेठ ७ गते देखि निरन्तर १४ गते सम्म दिसिनपाका विभिन्न वडाहरूमा सञ्चालन  भइरहेको छ । कार्यक्रममा परिवार नियोजन संघका सचिव सेर बहादुर बोगटी, सदस्य लक्ष्मी खड्का, पत्रकार, स्वास्थ्यकर्मी लगायतको उपस्थित रहेको थियो ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.