

प्रकाश बम,डोटी :नेपाल ट्रेड युनियन काँग्रेस डोटीको अध्यक्ष शंकर कठायत सर्वसम्मत चयन हुनु भएको छ।
नेपाल ट्रेड युनियन काँग्रेसको ७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कठायतलाई सर्वसम्मत चयन गरिएको हो।
त्यस्तै उपाध्यक्षमा गंगा कुँवर ,शोभा शाहनि,दीपेन्द्र बहादुर खड्का ,हिक्मत साउँद र योगेन्द्र ओझा चयन भएका छन् ।
त्यस्तै सचिवमा सुशीला कुमारी शाही , सह सचिवमा गणेश बहादुर खड्का ,कोषाध्यक्षमा टेक बहादुर बलायर सह कोषाध्यक्षमा राधिका सिंह चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा घनश्याम भट्ट,दीपेन्द्र खड्का ,डवल विष्ट ,धिरेन्द्रराज चटाैत,कमल बिक,सत्या बिक,डमरा खड्का, सरिता कठायत र कृष्णा रावल सर्ब सम्मत चयन गरिएको निर्वाचन अधिकृत लवदेव भट्टले बताए ।
त्यस्तै प्रदेश प्रतिनिधि शेर बहादुर बोहरा ,नरेश प्रसाद ओझा ,गणेश बहादुर कलेल,घण्टेश्वरी जोशी ,कल्पना खड्का कुँवर चयन भएका छन् । त्यस्तै संघिय प्रतिनिधिमा पुरन बहादुर खड्का र हेमराज जोशी चयन भएका छन् ।
निर्विरोध निर्वाचित अध्यक्ष कठायत नेपाल शिक्षक महासंघ डोटी अध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका छन् ।
निर्वाचित लगत्तै बोल्दै अध्यक्ष कठायतले नेपाल ट्रेड युनियन काँग्रेसको मूल्य मान्यता अनुसार अगाडि बढ्ने बताए । जुन उद्देश्यका साथ विराटनगर जुट मिलबाट स्वर्गीय गिरिजा प्रसाद कोइरालाले ट्रेड युनियन खोल्नु भएको सो कुरालाई आत्मसात् गरेर नवीनतम कार्यमा जोड दिने अध्यक्ष कठायतले बताए ।
