Sujang

पत्रकार चन्दद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

डोटी : पत्रकार एकेन्द्र चन्दले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
मंगलबार नेपाल टेलिभिजन डोटी संवाददाता तथा नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य समेत रहेका  चन्दले आफूले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका हुन्  ।
जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ५ मा रहेको गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरे ।
 न्यून आय स्तर भएका विद्यार्थी,आमा बुवा गुमाएका विद्यार्थीहरूलाई स्कुल  पोसाक र अन्य विद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको उनले बताए  ।
आर्थिक अवस्था कमजोर भएका र आमाबुबा गुमाएका विद्यार्थीहरूलाई केही समयलाई भए पनि पढाइमा सहजता होस भन्ने हेतुले आफूले  शैक्षिक सामाग्री वितरण गरेको पत्रकार चन्दले बताए ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.