Sujang

काँग्रेस प्रदेश सभापति बलायरद्वारा प्रेस युनियन डोटीको भवन शिलान्यास 

दिपायल – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति एवं प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले समाज र राजनीतिलाई सही बाटोमा डो-याउने दायित्व पत्रकारिताको भएको बताएका छन् । दिपायलमा आज नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास गर्दै बलायरले यस्तो बताएका हुन् ।

‘राजनीति र समाजलाई सही बाटोमा डो¥याउने पत्रकारको दायित्व हो,’ बलायरले भने,‘जसले समाजले दुःख र अप्ठेरो नभोगोस् । समाज र मुलुकको भलाईका लागि पत्रकारिताले भूमिका खेल्नुपर्दछ ।’ यस्तै पत्रकारिताको मर्यादा बचाउने दायित्व पनि पत्रकारकै हातमा रहेको उनले बताए ।


पूर्वमन्त्री समेत रहेका बलायरले पत्रकारमा स्वाभाविक रुपमा सिद्धान्त हुने पनि बताए । ‘पत्रकारसँग सिद्धान्त हुन्छ । सिद्धान्तबिहीन पत्रकार पत्रकार होइन । तर त्यो सिद्धान्त कहाँ प्रयोग गर्ने विवेक पनि पत्रकारमा चाहिन्छ,’ उनले भने ।

डोटी बलायरको गृहजिल्ला हो । बलायर दुई संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा निर्वाचन डोटीबाटै लडेका थिए । जसमध्ये २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन मा बलायर कैलाली–४ बाट चुनिएका सांसद हुन् । उक्त निर्वाचनपछि यसपटक उनी पहिलोपटक गृहजिल्ला आएका हुन् । ८ महिनापछि गृहजिल्ला आएको बताउँदै उनले आफू निर्वाचन जताबाट लडेपनि डोटीको विकास निर्माणका लागि पछाडि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षतामा भएको कार्यक्रम नेपाली काङ्ग्रेस सुदुर पश्चिम प्रदेश सभापति तथा पुर्ब मन्त्री बलायर, नेपाली काङ्ग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंह लगायत, जिल्ला समन्वय प्रमुख , प्रतिनिधि ,स्थानीय तहका प्रमुख प्रतिनिधि, नेताकार्यकर्ता , समाजसेबि ,पत्रकार ,नागरिक समाज , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उल्लेख उपस्थिति रहेकोे थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.