Sujang

नि:शुल्क स्वास्थ्य शिविरमा ६ सय ३० जनाले लिए सेवा

डोटी :अस्पताल डोटीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ , भैरव प्रसाद गण सिलगढी डोटी, माया मेट्रो अस्पताल धनगढी कैलाली र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा एक दिने शिविर सम्पन्न भएको हो ।

आर्थिक अभावका कारण लामो समयदेखि रोग पालेर बसेका बिरामीहरूका लागी विशेषज्ञ चिकित्सकमार्फत चेक जाँच तथा उपचार गरिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष नरेश मलासीले बताउनु भयो । शिविरबाट जिल्लाको दुर्गम क्षेत्रका ६ सय ३० जना नागरिक लाभान्वित भएको अध्यक्ष मलासीले बताए ।

शिविरमा हड्डी तथा नसा रोग, बालराेग, स्त्री रोग, छाला तथा यौन रोग, दन्त रोग, इन्टर मेडिसिन लगाएका रोगको सेवा दिएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठले बताए ।

दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, आदर्श गाउँपालिका, के.आइ.सिंह गाउँपालिका र सायल गाउँपालिकाका तीन सय ९४ जना महिला, एक सय ६८ जना पुरुष र ७८ बालबालिकाले सेवा लिएका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.