Sujang

बाजुरामा राष्ट्रिय परिचयपत्र विवरण संकलन वडा बाट सुरु

बाजुरा -राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट संकलन हुने भएको छ ।  नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले  वडाबाट संकलन हुने  जनाएको हो ।
बिहीबार जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानीय तहबाट संकलन हुने   प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् । ३ महिना सम्म सञ्चालन हुने अभियानमा प्रत्येक स्थानीय तहका सबै वडाहरूमा राष्ट्रिय परिचय पत्र विवरण संकलन हुने प्रमुख जिल्ला अधिकारी खड्काले बताए । नागरिकता प्राप्त गरेका सबै नागरिकहरूले अव वडामै राष्ट्रिय परिचयपत्रको फारम भर्ने गरी तयारी भएको प्रजिअ खड्काको भनाइ  छ ।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको आयोजनामा सञ्चालन गरिएको एक दिने जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी खड्काको अध्यक्षतामा सञ्चालन गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका शाखा अधिकृत भीष्मराज अर्याल र कम्प्युटर इन्जिनियर असल भट्टराईले गरेका थिए ।
कार्यक्रममा जिल्लाका नौ ओटै स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सबै स्थानियतहका प्रमुख प्रशासकीय अधिकृतहरू वडा अध्यक्ष र पत्रकारहरूको सहभागिता रहेको थियो ।
देशभर हालसम्म सम्म १ लाख२४ हजार राष्ट्रिय परिचयपत्र वितरण भइसकेको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पंन्जिकरण विभागका अनुसार १ करोड १४ लाख ६९ हजार १ सय १८ जनाले विवरण भरिसकेको जनाएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.